Section 12
आयोडिन अभावजन्य विकार निवारण समिति
: (१) नेपाल सरकारको नीति र निर्देशन बमोजिम कार्यान्वयन गर्न देहाय बमोजिमको अध्यक्ष तथा सदस्य भएको आयोडिन अभावजन्य विकार निवारण समिति गठन हुनेछ :-
(क) सचिव, स्वास्थ्य मन्त्रालय – अध्यक्ष
(ख) प्रतिनिधि (रा.प. प्रथम श्रेणी), उद्योग मन्त्रालय – सदस्य
(ग) प्रतिनिधि (रा.प. प्रथम श्रेणी), आपूर्ति मन्त्रालय – सदस्य
(घ) प्रतिनिधि (रा.प. प्रथम श्रेणी), वाणिज्य मन्त्रालय – सदस्य
(ङ) प्रतिनिधि (रा.प. प्रथम श्रेणी), स्वास्थ्य मन्त्रालय – सदस्य
(च) केन्द्रीय खाद्य अनुसन्धानशालाको प्रमुख – सदस्य
(छ) प्रतिनिधि, उद्योग वाणिज्य संघ – सदस्य
(ज) आयोडिनयुक्त नून उत्पादन, पैठारी, आपूर्ति तथा बिक्री वितरण कार्यमा संलग्न व्यक्ति वा संस्थाहरु मध्येबाट नेपाल सरकारबाट
मनोनीत दुईजना – सदस्य
(झ) नेपाल सरकारबाट मनोनीत पोषण विज्ञ दुईजना – सदस्य
(ञ) उपभोक्ताको तर्फबाट एकजना – सदस्य
(ट) नेपाल सरकारले तोकेको स्वास्थ्य मन्त्रालयको अधिकृत – सदस्य–सचिव
(२) खण्ड (ज), (झ), (ञ) र (ट) बमोजिमका सदस्य तथा सदस्य–सचिवको पदावधि दुई वर्षको हुनेछ र निजहरु पुन मनोनीत हुन सक्नेछन्।
(३) समितिले बैठकमा विशेषज्ञलाई पर्यवेक्षकको रुपमा आमन्त्रण गर्न सक्नेछ ।
(४) नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी समितिको सदस्यहरुमा थपघट वा हेरफेर गर्न सक्नेछ ।
(५) समितिको सचिवालय स्वास्थ्य मन्त्रालयमा रहनेछ ।
(६) समितिको लागि आवश्यक पर्ने बजेट नेपाल सरकारले उपलब्ध गराउने छ ।